सुरक्षाकर्मीकै अगाडि चालक कुटिए, प्रहरी प्रशासन निरिह, सोलुका सयाैँ यात्रु खाङ्साङ्मा अलपत्र,

  नेपालन्यूजसाईट समाचारदाता

फायल फाेटाे

सोलुखुम्बु : सोलुखुम्बुबाट काठमान्डौ गएका सयौ यात्रु सिन्धुलीको खाङ्साङमा अलपत्र परेका छन् । बोलेर र सुमो चालक बीच भएको विवादले उग्ररुप लिदा मध्यरातमा यात्रु अलपत्र परेका छन् भने दुई जना सुमो चालक घाइते भएका छन् ।

फिक्कल गाउँपालिका–४ खाङ्साङका स्थानीयवासी चालक रहेको बा.१६ च ५६७० नम्बरको बोलेरोलाइ ओभरटेक गर्नेक्रममा उक्त बोलेरो चालकले सुमो चालकलाई अपशब्द प्रयोग गरेपछि विवाद सृजना भएको प्रत्यक्षर्शी यात्रुको भनाई छ । विवाद बढ्दैगएपछि बिरामी यात्रु सहितको सुमो चालकलाई नियन्त्रणमा लिएर खाङ्साङ प्रहरी चौकीमा राखिएको छ भने बोलेरो चालकलाई छाडिदिएको खाङ्साङ प्रहरी चौकीले जनाएको छ ।

बोलेरो चालकको पक्षमा करिब ३०÷४० जनाको समुहमा आएका स्थानीयवासीले सुमो चालकलाई कुटपिट गरेको चालक राजेन्द्र बानियाले बताउँनुभयो । प्रहरी चौकी भित्र भएको स्थानीयवासीको कुटाइबाट टाउँकामा भित्रि असर हुनका साथै टुटुल्को भएपनि उपचार गर्न नपाएको चालक राजेन्द्र बानियाले बताउँनुभयो ।

दिउँसो १२ बजे घुर्मीमा खाना खाएपछि केही पनि खान नपाएको यात्रु प्रकाश कटेलले गुनासो गर्नुभयो । “सोलुखुम्बुको नेचाबाट काठमान्डौ हिडेको भएपनि उदयपुरमा पर्ने बादुर र शोखु खोला बीचमा पहिरो खसेर अवरुद्ध बनेको सडक खुलाउँदा ढिला गरि खाङ्साङ पुग्यौ ।” कटेलले भन्नुभयो, “आधा घण्टा अगाडि सामान्य विवाद भएको विषयलाई लिएर खाङ्साङका स्थानीयवासीले बाटो छेके अनि प्रहरीको भूमिका कम्जोर हुँदा हामी अलपत्र प¥यौ ।”

वरपरका सबै होटलपसल बन्द हुँदा बच्चको आमा र बिरामीलाई धेरै समस्या भएको अर्का यात्रु मेगराज कटेलले बताउँनुभयो । पानी समेत पिउन नपाएको भन्दै उहाँले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयका एसपीलाई जानकारी गराएको भएपनि सहजिकरण नभएको गुनासो गर्नुभयो ।

जीउ भरि आएको घाउँ पाकेर थप उपचारको लागि काठमान्डौ गएको भएपनि बीच बाटोमानै खाना न पानी भएर अलपत्र पर्दा कानुन विहिन राज्यको अनुभुति भएको अर्का यात्रु ज्ञान बहादुर विश्वकर्माले दुखेसो पोख्नुभयो ।

प्रशासन कार्यालयकाे वेवसाइटमा उल्लेख भएकाे विवरण अनुसार  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक रन्जु सिक्देल र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेलाई फोन सम्पर्क गरेको भएपनि फोन रिसिभ भएन । फोनको कुनै रेस्पोन्स नहुनुले पनि सुरक्षा निकायका प्रमुख कत्तिको जिम्मेवारीपुर्ण छन् भन्ने प्रष्ट हुन्छ । प्रहरी कार्यालयको फोन ०४७५२०५९९ मा पटक पटक सम्पर्क गर्दा पनि रिसिभ भएन भने प्रशासन कार्यालयको वेवसाइटमा प्रहरी कार्यालयका सूचना अधिकारीको नाम नम्बर पाउन सकिएन ।

यता खाङ्साङ प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक रामकुमार चौधरीले भने प्रहरी चौकी भित्र कुटपिट नभएको दावी गर्नुभयो । यस्तै उहाँले सुमो चालकलाई प्रहरी चौकीमा राखिएको र बोलेर चालकलाई भोलि बिहान आउने गरि पठाइएको बताउँदै छलफलपछि निश्कर्ष निकाल्ने बताउँनुभयो । उहाँले यात्रु सबै जना होटलमा बसेको बताएपनि यात्रुले भने होटलपसल सबै बन्द भएकाले पानी समेत पीउन नपाएको गुनासो गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार