अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न परराष्ट्रका सहचिवको नेतृत्वमा समिति गठन

काठमाडौं : अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले परराष्ट्र मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको जानकारी दिनु भयो ।

त्यहाँ रहेका नेपालीहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा समिति गठन भएको बताउनु भयो । समितिमा अन्य सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि रहेने उहाँले बताउनु भयो ।

त्यहाँ करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ। काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरेको छ। उनीहरुले आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने पौडेलले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार