काठमाडौं : क्यारेबियन मुलुक हाइटीमा भूकम्पमा परी ३ सय ४ जनाको मृत्यु भएको छ । घटनामा परी १८ सयभन्दा बढी मानिस घाइते भएका छन् । ७ दशमलब २ म्याग्निच्युडको भूकम्पका कारण हाइटीमा ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ ।
हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ । हाइटीमा सन् २०१० को जनवरीमा गएको ७ म्याग्निच्युडको भूकम्पमा परी दुई लाखभन्दा बढीको मृत्यु भएको छ ।