अफगानिस्तानका राजधानी काबुलबाहेक सबै मुख्य सहर तालिवानको कब्जामा

 

एजेन्सी :अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिवानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन् ।

आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिवानले कब्जा जमाएका छन् । अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिवानलाई छोडिदिएको सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । शनिबार तालिवानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर–इ– सरिफमा कब्जा जमाएका थिए ।

तालिवानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेको बिबिसीले जनाएको छ । सैबीच, अमेरिकाले अफगानिस्तानको संकटग्रस्त देशबाट आफ्ना नागरिकको सुरक्षा र उद्धारका लागि ५ हजार सैनिक तैनाथ गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार