थप २६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२४ कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ६६७ पीसीआर र ४ हजार ९०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ६२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ। कुल संक्रमितमध्ये ३९ हजार ४०५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ हजार ३२० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ। हाल ३६ हजार २ जना होम आइसोलेसन र ३ हजार ४०३ जना संस्थागत आइसोलेसनमा छन्।

४११ जना क्वारेन्टाइन, ७६० जना आइसीयू र १८६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार