देशभर अझै एक साता मनसुन सक्रिय हुने

काठमाडौं : देशभर अझै एक साता मनसुन सक्रिय हुने भएको मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।

आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुने र वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुने विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनु भयो ।

पौडेलका अनुसार वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ । देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार