प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेट

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काबीच भेट भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केही दिन अघिमात्रै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारसले देउवालाई भेट गर्नु भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलतामा पारस साथ रहेको बताउनु भयो । उहाँले नेपालीले कहिल्यै नभुल्ने रोमाञ्चक जित र क्रिकेटमा झन् ठूलो सपना देख्न पारसले प्रेरित गरेकामा धन्यवाद व्यक्त गर्नु भएको थियो । देउवाले पारसलाई संन्यासपछिको दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्दै शुभकामना समेत व्यक्त गर्नु भएको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार