एजेन्सी : अफगानिस्तानका झण्डै चार करोड जनसंख्यामध्ये एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता पर्न सक्ने संयुक्त राष्ट्रसंघले बताएको छ ।
सरकारी सेना र तालिवान विद्रोहीबीच देशभर लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्न सक्ने मूल्यांकन गरिएको राष्ट्रसंघका मानवीय सहयोग मामिला अधिकारीले बताएका छन् ।
संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालयले द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठूला शहरहरूमा आइपुगेको जनाएको छ ।