गाडिबाट हाम फाल्दा एक जनाकाे ज्यान गयाे

  नेपालन्यूजसाईट समाचारदाता

भोजपुर : गाडीबाट हामफाल्दा भाेजपुरका  एक जना यात्रुको मृत्यु भएको छ । भोजपुरबाट विराटनगर गइरहेको बोलेरोबाट हामफाल्दा  जिल्लाकाे टेम्केमैयुङ गाउँपालिकाका–२ का २२ वर्षीय युवराज खतिवडाको मृत्यु भएको भाेजपुर प्रहरीले जनाएको छ ।

कोसी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–३ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ च २७४२ नम्बरको बलेरो गाडीबाट हामफाल्दा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

हामफालेर ओर्लन खोज्दा गम्भीर घाइते  भएका खतिवडाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । गाडी र चालक भोजपुरको पौवादुम्बा गाउँपालिका–२ तिवारीभञ्याङका २५ वर्षीय कृष्ण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार