पछिल्लो २४ घण्टामा तीन हजार ९१५ जनामा कोरोना संक्रमण

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट दुई हजार ७६३ र एण्टीजेन विधिबाट एक हजार १५२ जनाकाे परीक्षण गरीएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार याे अवधिमा दुई हजार ११८ जना निको भएका छन् । याे स‌ंगै नेपालमा हालसम्म  ६ लाख ७९ हजार ४९५ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा तीन लाख ६७ हजार ३४१ जानाले काेभिड विरूद्धकाे खाेप लगाएका छन् । हालसम्म ४६ लाख ५९ हजार ४१४ जनाले काेभिडविरूद्धकाे खाेप पहिलाे मात्रा लगाएका छन् भने ३२ लाख २३ हजार  ६९३ जनाले दाेस्राे मात्रा लगाएका छन् ।

गत २४ घण्टामा २७ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेकाे संख्या कुल १० हजार २३९ जना पुगेकाे छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८१६ जना कोरोना संक्रमित निको भएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोहि अवधिमा एक हजार ८९ जनामा कोरोना संक्रमित थपिँदा तीन जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८  जना कोरोना संक्रमित भेटिएका हुन् । निको हुनेमा काठमाडौँका ४९९, भक्तपुरका १२९ र ललितपुरका १८८ जना रहेका छन्।

२४ घण्टामा उपत्यकाका तीन जिल्लाहरु मध्ये काठमाडौँका ३ जना संक्रमितको मृत्यु भएको छ भने भक्तपुर र ललितपुरका कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार