सोलुखुम्बुबाट १९ जना बालबालिका बेपत्ता, प्रहरीद्धारा पाँच जनाको उद्धार

सोलुखुम्बु : हरेक वर्ष १२ जुनमा अन्तराष्ट्रिय बालश्रमविरुद्धको दिवस बालश्रम रोकथाम तथा बालबालिकाको अधिकारका लागि विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइन्छ । तर यो दिवस गाउँवस्ती सम्म पुग्न नसक्दा बालबालिकाका माथि हुने हिंसा र बालश्रम भने रोकिन नसकेको अधिकारकर्मीको भनाई छ ।

सोलुखुम्बुको नेलेमा श्रम शोषणमा परेको खबर पछि गत जेठ १५ गते ७ वर्षीया बालिकालाई प्रहरीले नेलेबाट उद्धार ग¥यो । त्यसको दुई दिन अगाडी मात्रै सोताङबाट एक बालकको पनि उद्धार गरेको सोलुखुम्बु प्रहरीमा चालु आर्थिक वर्षमा मात्रै ३७ वटा बालबालिका सम्बन्धी उजुरी आएको तथ्याङक छ । जसमध्ये १९ जना हराएका, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बालयौन दुव्र्यवहार र बालबिवाह सम्बन्धि २÷२ वटा उजुरी आएको सोलुखुम्बुका प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक कवित कटवालले बताउँनुभयो ।

उहाँकाअनुसार ती मध्येका ५ जना बालबालिकाको विभिन्न समयमा उद्धार गरिएको छ । प्रहरीले बालबालिकाको समस्या सुन्नका लागि १०४ नम्बरको कन्ट्रोल नम्बर नै सञ्चालन गरेपछि बालबालिका सम्बन्धि उजुरी गर्नेको संख्या पनि बढेको प्रहरी नायब उपरीक्षक कबित कटवालको भनाई छ ।

प्रदेश नम्बर १ का ठुला शहरका सडकहरुमा बालबालिका अझै पनि जोखिमयुक्त काम गरिरहेको बालबालिकाको क्षेत्रमा काम गरिरहेको संघसस्थाहरुले जनाएका छन् । विगतमा जिल्लामा महिला तथा बालबालिका कार्यालय रहने र लक्षित वर्गमा बजेटनै किटान गरिने भएपनि स्थानीय तह आएपछि अस्तव्यवस्त बनेको गुनासो समेत नआएको होइन । एसओएस बालग्राम इटहरीका बालग्राम निर्देशक डिसि चौधरीले भने स्थानीय सरकार गठन पछि केही सकरात्मक काम भएपनि पर्याप्त भएको छैन । त्यसैले यसका लागि विषेश कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ ।

यता सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बुका उपमेयर कल्पना राईकाअनुसार सोलुखुम्बुको सल्लेरी क्षेत्र भन्दा बाहिर बालश्रम तथा हिंसा हुनेगरेको छ । जसको न्यूनीकरणको लागि सबैपक्षको भूमिका उत्तीकै महत्वपुर्ण रहेको छ ।

केन्द्रीय तथ्यांक विभागबाट गरिएको नेपाल श्रमशक्ति सर्वेक्षण २०७६ अनुसार नेपालमा १७ वर्र्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका अत्यन्तै जोखिमयुक्त अवस्थामा काम गरिरहेका छन् । नेपालको संविधानले कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन बन्देज लगाएको छ । तर पनि यस्ता कार्यमा संलग्न बालबालिकाको समस्या पहिचान गर्ने र समाधानको पाटो नकेलाउँदा समस्या जस्ताको तस्तै रहने गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार