काठमाडौं : काठमाडौं उपत्यकाभित्र जेठ ३१ सम्मलाई निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले थप ११ दिनसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसपटक थप गरिएको निषेधाज्ञामा भने खाद्यान्य, डिपार्टमेन्टल स्टोर र पुस्तक पसल संचालन गर्न दिइएको छ । खुकुलो पारिएका सेवा तथा क्षेत्र बिहानमात्र संचालनमा आउने जिल्ला प्रशासन कार्यालय काठमान्डौले जनाएको छ । यसअघि खाद्यान्न र डिपार्टमेन्टल स्टोरलाई समेत खोल्न रोक लगाइएको थियो ।