काठमान्डौ : आज मे २९ सगरमाथाको शिखरमा मावन पाईला पुगेको पहिलो दिन । नेपाल सरकारबाट आरोहण अनुमति पाएपछि सन् १९५३ मे २९ का दिन सोलुखुम्बु थामेका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको शिखरमा पहिलो पटक पाईला टेकेका थिए ।
उनीहरुको पाइला शिखरमा पुगेसँगै सगरमाथाको चर्चा विश्वभरि भयो । आरोहण यात्रा सुरु भएपछि अहिले सम्म हजारौ मानिसले आरोहण गरेका छन् । आरोहणमा जाँदा निक्कै जोखिम मोल्नुपर्ने आरोहीको भनाई छ ।











