काठमाडौं, भोजपुर शेर्पा समाजद्वारा समाजका सल्लाहकारलाई स्वागत तथा सगरमाथा आरोहण गर्न जाने किदुकका सदस्य वाङ्छु शेर्पालाई झण्डा हस्तान्तरण गरेको छ । राजधानीमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री कृपासुर शेर्पाले सगरमाथा आरोहरण गर्न जाने किदुकका कार्यसमिति सदस्य वाङ्छु शेर्पालाई नेपालको राष्ट्रिय झण्डा अंकित समाजको लोगो भएको ब्यानर हस्तान्तरण सँगै शुभकामना दिएको हो ।
समाजका अध्यक्ष फुर्बा तेन्जिङ शेर्पाले सल्लाहकारहरुलाई स्वागत गर्दै आफ्नो नेतृत्वमा समाजलाई थप व्यवस्थित, समाजको सदस्यहरु बिचको सम्बन्धलाई व्यापक र सुढृड एकता कायम गर्ने गराउने पाटोमा थप उर्जाशिल भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
पाँचौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको प्रथम बैठकले सल्लाहकारमा नेपाल शेर्पा संघका पुर्व अध्यक्ष पेमाछिरी शेर्पा, आङ बाबु शेर्पा, दावा शेर्पा, मेजर प्रेम दोर्जे शेर्पा, मिगिर दोर्ची शेर्पा, आङ काजी शेर्पा, नुर्बु शेर्पा, तेन्जी शेर्पा, फुर्बा शेर्पा, पासाङ दोर्ची शेर्पा र श्रीमती लमी शेर्पा गरी जम्मा ११ जनालाई मनोनित गरेको थियो ।
समाजको कार्यलयमा भएको कार्यक्रममा हिमालयन शेर्पा संस्कृति केन्द्रका सचिव श्रीमती छोटी शेर्पा, व्यवसायी कामी शेर्पा, पि.डि. शेर्पा र टकी शेर्पा साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।