काठमाडौं : गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पोखरा जाँदै हुनुहुन्छ ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि ओली समूहले गत १५ शनिबारको जनसभा स्थगित गरेर आज कार्यकर्ता भेला राखेको हो । प्रधानमन्त्री ओली मध्याह्न पोखरा जाने तय भएको उहाँको सचिवालयले जनाएको छ । दिउँसो १ बजेपछि ओलीले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तयारी रहेको छ ।
कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ । ओलीले गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनसमेत शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।