रेडियो सोलु एफ.एम. मा आगलागी,करिब एक करोड बराबरको क्षति

काठमाडौं : प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेगाहर्जको स्टुडियोमा आगलागी भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पुबजारमा रहेको रेडियोको स्टुडियोमा गएराति करिब १२ः३० बजे आगलागी भएको हो ।

स्टुडियोबाट सुरु भएको आगोले रेकर्डिङ उपकरणसहित भवनसमेत क्षति पुग्दा करिब एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यकिन कारण खुलिसकेको छैन । आगो नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, रेडियोका कर्मचारीलगायतको सहयोगमा झण्डै २ घण्टापछि निभाइएको थियो ।

रेडियो २०६१ सालमा स्थापना भएको सोलु एफ एम अहिले एक हजार वाट क्षमतामा प्रसारण भइरहेको थियो । एफएमको सम्पुर्ण सामाग्री जलेर नष्ट हुदा व्यवस्थापनका लागि समय लाग्ने भएकाले केही दिनका लागि प्रशारण बन्द हुने सोलु एफएमका स्टेसन मेनेजर भोजराज कार्कीले सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार