टिगानद्वारा पर्वतारोही र ट्रकिङ गाईडलाई दोस्रो चरणको खोप अभियानमा सहभागी गराउन माग

  सोनाम याङजी शेर्पा

काठमाण्डौँ, ट्रकिङ गाईड एसोसिएसन अफ नेपाल (टिगान)द्वारा पर्वतारोही र ट्रेकिङ गाईडलाई दोस्रो चरणको खोप अभियानमा सहभागी गाराउन माग गरिएको छ । स्वाथ्या तथा जनसंख्य मन्त्रलायमा मन्त्री हृदयेश त्रिपाटीलाई पत्र बुझाउदै कोरोण विरुद्धको खोपमा सहभागी हुन माग गरिएको छ ।
विश्व महामारी कोरोना भाइरसले ठप्प रहेको नेपालको पर्यटन क्षेत्र र विशेष गरी हिमाल आरोहण क्षेत्र संचालनमा आउनु अगाडी नै यस क्षेत्रमा काम गर्ने ट्रकिङ गाईड तथा आरोहीहरुलाई भाईरसबाट सुरक्षित महसुस गराउन अनुरोध सहित माग पत्र बुझाएको टिगानका महासचिव सार्की शेर्पाले जानकारी दिनु भयो ।
नेपालको आर्थिक धरोहरको रुपमा रहेको पर्यटन क्षेत्रमा विशेष भूमिका रहने गाईड र आरोहीहरुलाई कोरोना विरुद्धको खोप लागाए विदेशी पर्यटकहरु समेत सुरक्षित महसुस गरी नेपालमा भ्रमणका लागि आउनेमा विश्वस्त रहेको टिगानका का. अध्यक्ष जाङबु शेर्पाले जानकारी दिनु भयो ।
स्वथ्य तथा जनसंख्य मन्त्री हृदयेश त्रिपाटीले माग सकरात्मक विषय भएकोले दोस्रो चरणमा नै प्रयटन क्षेत्रमा कार्यरत सबैलाई खोप अभियानमा सहभागी गराउन मन्त्रलाएको तर्फबाट सक्दो प्रयास गर्ने बताउनु भयो । यही फागुन २३ गते बाट हुने अभियानमा नै गाईड तथा आरोही गाईडलाई सहभागी गराउन विशेष पहल हुने पनि मन्त्री त्रिपाटीले बताउनु भयो ।

मागपत्र बुझाउन नेपाल शेर्पा संघका महासचिव तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य लाक्पा शेर्पा, संस्थाका का. अध्यक्ष जाङबु शेर्पा, महासचिव साकी शेर्पा, कोषध्यक्ष काले शेर्पा, सह कोषध्यक्ष सोनाम टाशी शेर्पाको उपस्थितिमा माग पत्र बुझाएको महासचिव साकी शेर्पाले जानकारी दिनु भयो । कोरोना भाईरसले थलिएको नेपालको पर्यटन क्षेत्र र आरोहणको लागि एक सय भन्दा बटी आरोही दलले बुक गरि सकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार