अब दलहरुबीच छलफल र समझदारी हुन्छ : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ।

शनिबार पत्रकारहरुसँगको कुराकानीमा सापकोटाले संसद् नियमित चल्ने बताउनुभएको हो। संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो ।संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने सापकोटाले बताउनुभयो।

अब दलहरुबीच छलफल र समझदारी हुने र राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने सापकोटाको भनाइ छ । राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार