थप ८१ जना कोरोना संक्रमित पुष्टि,९ सय ६७ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जना कोरोना संक्रमित पुष्टि भएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये ९ सय ६७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ८ सय २४ जनाको पिसिआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ६० हजार ४ सय ४ पुगेको छ। गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७३ पुगेको छ।

हाल ६२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार