हास्य कलाकारको रुपमा स्थापित हुँदै ङिम गेलु

  सोनाम याङ्जी शेर्पा

काठमान्डौँ, सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ७ लप्चे गाङदोकमा जन्मेको ङिमा गेलु शेर्पा हास्य कालाकारको रुपमा स्थापित हुदै गरेको कलाकार हो । विशेषगरी हिमाल आरोहण पेशामा आबद्ध हुने शेर्पा समुदायबाट हास्यकालाकारको रुपमा पर्दामा देखिएको कलाकार मध्ये ङिमा गेलुको आफ्नै पहिचान रहेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को कारण नेपाल सरकारले गोषण गरेको बन्दाबन्दीको अवसरमा टिकटक बनाउदै आफ्नो यात्रा सुरु गरेको ङिमालाई अहिले पपाछेउ को नामले चिनिन्छ । सानोमा गुम्बा शिक्षा लिएको शेर्पा अहिले शेर्पा समुदायमा निर्माण हुने म्यूजिक भिडियो लगायत आफ्नै युटुबमा अभिनय गर्दै आईरहेको छ ।
२०५० साल भदौ १८ गते बुबा दावा लामा र कुशाङमु शेर्पाको कोखमा जन्मेको शेर्पा समुदायलाई आफ्नो कला मार्फत रामाईलो गराउने सोच राखेको बताउनु हुन्छ ।
कलाकार ङिमा गेलुको विषयमा पूरा जानकारी लिन लिङ्क मा क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार