सोलुखुम्बुमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गयो

सोलुखुम्बु : जिल्लाको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ । स्थानीयबासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरुको ज्यान गएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । आगलागिमा परि ज्यान गुमाउनेमा टेकबहादुर निरौलाका जेठा छोरा संगमका निरौलाका ७ वर्षीय छ...

बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या हुने अधिवक्ता भट्टराईको विश्वास

काठमाडौं : वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा फैसाला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आ...

संसद् बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने तागत छ : अध्यक्ष प्रचण्ड

काठमाडौं:  नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा मुद्दा नभएको भए आफूहरुसँग संसद् बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने तागत रहेको बताउनु भएको छ । शनिबार कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद् बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने तागत आफूहरुसँग रहेको ब...

उखु अभावले चिनी उद्योग क्षेत्र सुनसान

काठमाडौं :माघ महिना उखु किसान र चिनी उद्योग दुवैका लागि अति व्यस्त समय मानिन्छ । उखु कटान र क्रसिङ (पेल्ने काम)ले भ्याइनभ्याइ हुनुपर्ने अहिले किसान र उद्योग दुवै क्षेत्र सुनसान जस्तै बनेका छन् । क्रमशः उखुखेती छाड्दै गएका किसान र ‘नो केन’ (उखु अभाव) ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको हो । चिनी उद्योगमा चाहिँद...

तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनैतिक योजना

काठमाडौं:  निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनैतिक योजना तयार पारेको बताएको छ । शनिबार काठमाडौंमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघले आगामी तीन वर्षमा अहिले हुँदै आएको निर्यातको दोब्बर निर्यात गर्ने रणनैतिक योजना तयार पारेको बताएको हो । महासंघका अध्यक्ष रामबहादु...

हाम्रो टीम नेपालद्वारा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालन

काठमाडौं : काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालन...

काठ निर्यात गर्ने अवस्थामा पुग्न वैज्ञानिक वन कार्यविधि खारेज : वनमन्त्री आले

काठमाडौं : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पु¥याउन वैज्ञानिक वन कार्यविधि खारेज गरेको बताउनु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री आलेले वार्षिक १० देखि १२ अर्ब बराबरको काठ आयात गर्नुपर्ने अवस्थाको अन्त्य गरी काठ निर्यात गर्ने अवस्थ...

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपिएफ भिड्दै

काठमाडौं : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि आज प्रतिस्पर्धा हुँदै छ । दुवै विभागीय टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले केहीबेरमा सुरु हुनेछ । आर्मी लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुग...

दिल्ली विष्फोटपछि भारतका विभिन्न राज्यमा सुरक्षा सतर्कता बढाइयो

एजेन्सी : भारतको राजधानी दिल्लीमा भएको बम विष्फोटपछि सुरक्षा सतर्कता बढाइएको छ । दिल्लीस्थित इजरायली राजदूतावास परिसरमा शुक्रबार साँझ बम विष्फोट भएको थियो । विष्फोटमा कोही हताहती नभए पनि केही सवारी साधनमा क्षति पुगेको छ । विष्फोटपछि भारत सरकारले अन्तर्राष्ट्रिय विमानस्थलदेखि महत्वपूर्ण सरकारी निकायसम्म सुरक्षा सतर्क...