जनताको भलो नचाहने केही स्वार्थीले पार्टी छाड्दैमा केही फरक पर्दैन् : प्रधानमन्त्री ओली

काठमाडौं:प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको भलो नचाहने केही स्वार्थीले पार्टी छाडेर जाँदैमा केही फरक नपर्ने बताउनुभएको छ । दाङको देउखुरीमा पुल उद्घाटन गर्न गएका प्रधानमन्त्री ओलीले पिलो निचोर्दैमा ओजन घटेको महशुश नहुने बताउनुभएको हो ।

जनताको भलो नचाहने आफ्नो स्वार्थमा लाग्नेहरूलाई कुलंगारको संज्ञा दिँदै उहाँले पार्टी छाडेकाहरू पार्टीको बैठकमा नआएर निर्वाचन आयोगमा बिलौना गर्न पुगेको प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री ओलीले अस्थिरता मच्चाउन खोज्ने, पार्टी फुटाएर अरुसँग सहकार्य गरेर सरकार निर्माण गर्न खोज्नेलाई जनताले दण्ड दिने दाबी गर्नुभयो । अब यस्ता तत्व झुक्किएर पनि आउन नपाउने बताउनुभयो । यसैबाट आत्तिएर निर्वाचनदेखि भाग्न खोजेको ओलीको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार