थप ३ सय ३९ संक्रमित थपिए , १० जनाको मृत्यु

काठमाडौं:  कोरोना संक्रमणबाट नेपालमा थप १० जना मृत्यु भएको छ । योसँगै संक्रमणले ज्यान गुमाउनेको संख्या दुई हजार ११ पुगेको स्वास्थ्यमन्त्रलयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन सय ३९ संक्रमित थपिएका छन् । चार हजार ८ सय ५८ पीसीआर परीक्षण गर्दा दुई सय ६ पुरुष र एक सय ३३ महिला संक्रमित भेटिएका हुन् ।

यसमध्ये काठमाडौं उपत्यकाका एक सय ५४ जना रहेका छन् । काठमाडौँका एक सय ३३, ललितपुरका १३ र भक्तपुरका आठ जनामा संक्रमण पुष्टि भएको हो । आज चार सय एक संक्रमित डिस्चार्ज भएका छन् । हाल देशभर ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार एक सय ३७ आईसीयू र भेण्टिलेटरमा १९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार