चीन र भारतका सैनिकबीच सीमामा फेरि झडप, दुबैतिरका २४ सैनिक घाइते

काठमाडौं : भारत र चीनका सैनिकबीच सिक्किमको सीमावर्ती क्षेत्रमा झडप भएको छ । गत साता नै भएको यो झडपको विवरण भारतीय सञ्चारमाध्यमहरूले सोमबार मात्रै सार्वजनिक गरेका छन् । सिक्किमको नाकु ला क्षेत्रमा भएको झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको आजतकले जनाएको छ ।

भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेर भूमी हडप्न खोजेपछि धपाइएको भारतीय सेनालाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यहरूले जनाएका छन् । भारत र चीनबीच पछिल्लो समय सीमाको विषयमा तनाव चुलिदै गएको छ ।

यसअघि लद्दाखमा भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए। उक्त झडपमा चीनतर्फ पनि हताहती भएको दाबी गरिए पनि त्यसको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार