नेकपा विभाजनलाई निर्वाचन आयोगले दिएन मान्यता

काठमाडौं : निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । दुबैको समूहको दाबी नपुगेको निष्कर्ष आयोगले निकालेको हो ।

प्रचण्ड–माधव समूह र केपी ओली समूहले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय भएको एक आयुक्तले बताए । प्रचण्ड–माधव समूहले केपी ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो । यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार