संसद विघटन अग्रगामी कदम भएको गृह मन्त्री थापाको दावी

सोलुखुम्बु : नेपाल सरकारका गृह मन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य रामबहादुर थापा ९बादल०ले संसद विघटन अग्रगामी कदम भएको दावी गर्नुभयो । नेकपा ओली पक्षले सल्लेरीमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै मन्त्री थापाले संविधानमा व्यवस्था भएअनुसारनै संसद विघटन गरेर अग्रगामी कदम चालिएको बताउँनुभएको हो । ...

प्रधानमन्त्री ओलीले अधिकारको दुरुपयोग गरे : नेकपा अध्यक्ष नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताउनुभएको छ । काठमाडौँमा आयोजित आफु पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्...

प्रधानमन्त्री कप : बागमती प्रदेशको लगातार दोस्रो जित

काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । प्रदेशले मूलपानी क्रिकेट मैदानमा प्रदेश १ माथि २ विकेटको रोमाञ्चक जित निकाल्दा बा...

उपचारपछि स्वदेश फर्किएका रूसी विपक्षी नेता नाभाल्नी पक्राउ

एजेन्सी : रूसी विपक्षी नेता अलेक्सी नाभाल्नी उपचारपछि स्वदेश फर्किएका छन् । उनी जर्मनीको राजधानी बर्लिनबाट नियमित उडानमार्फत् रूसको राजधानी मस्को फर्किएका हुन् । मस्को फर्किएको केही समयमै उनलाई हिरासतमा लिइएको छ । उनलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन् । क्रेमलीनका आलोचक ४४ वर्षीय नभाल्नी...

प्रदेश २ मा आज सार्वजनिक बिदा

काठमाडौं: प्रदेश नम्बर २ को सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाउने गरिएको छ । बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प...

सरकार र आन्दोलनरत स्वास्थ्यकर्मीबीच १९ बुँदे सहमति

काठमाडौं : आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समितिले उठाएका अधिकांश माग पूरा गर्न सरकार सहमत भएको छ । पटक–पटकको वार्तापछि समिति र मन्त्रालयबीच १९ बुँदे सम्झौता भएको हो । सम्झौता अनुसार स्वास्थ्यकर्मीलाई कोभिड लगायत अन्य जटिल रोगको उपचारसहित सेवा सुविधा बढाउन सरकार सहमत भएको छ । सबै स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई ज...

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आज पनि सुनुवाई

काठमाडौँ:  प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि आज पनि सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक रहेकाले पुनःस्थापना गरी पाउँ भनी दायर निवेदनमाथि ...

सोलुखुम्बुमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु

सोलुखुम्बु : सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्ष...