जात व्यवस्था विरुद्ध युवाहरु

काठमाडौं : वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको जनवर्गीय संगठन जात व्यावस्था उन्मुलन मोर्चा नेपालको १ नं. प्रदेश ( बाग्मती उपत्यका सम्पर्क समितिको भेला र गण्डकी प्रदेश( बाग्मती उपत्यका सम्पर्क समितिको भेला काठमाडौंमा सम्पन्न भएको छ।

भेलालाई संबोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले जात व्यवस्था उन्मुलन मोर्चा नेपाल अहिले पार्टीकै महत्वपुर्ण र शक्तिशाली संगठनको रुपमा देशैभरी अघि बढीरहेको भन्दै खुशी व्यक्त गर्नु भयो।

भेलामा आहुतिले जात व्यावस्था सम्बन्धि सम्पुर्ण निर्णय गर्ने अधिकार त्यही संगठनमा रहने ,पार्टीले त्यस्को सहजीकरण ,समन्वय र कार्यन्वयन मात्रै गर्ने भएकोले यो संठन अरु संगठन वा अरु पार्टीका भातृ संगठन भन्दा भिन्न रहेको दावी गर्नुभयो । हाम्रो पार्टीका सबै जनवर्गीय संगठनहरुलाई निर्णय गर्ने सम्पुर्ण अधिकार संगठनहरुलाई हुने बताउनुभयो।

उहाँले जात व्यावस्थाका विरुद्ध दलित समुदाय मात्रै नभएर विभिन्न जाती समुदायका युवाहरु मोर्चामा संगठित हुँदै जानु निकै नै महत्वपुर्ण कुरा रहेको बताउनु भयो। भेलामा पार्टीका केन्द्रिय सदस्य नविन रिमालले नेपाली समाज परस्पर निर्भर या आत्मनिर्भर दुवै नभएको, नितान्त पर निर्भर भएकाले पार्टीले आत्मनिर्भर सहितको आर्थिक निति लागु गरेर एक भुगोल दुई व्यावस्था पार्टीको ठोस कार्यदिशा सहित अघि बढ्ने धारणा राख्नु भयो।

भेलामा पार्टीका केन्द्रिय सदस्यहरु भुपाल साङपाङ , महावीर विस्वकर्मा , बुद्धिराम ठटाल लगायतका नेताहरुले जात व्यवस्थाका बारेमा धारणा राख्दै यसलाई नेपाली समाजको मुल समस्याको रुपमा औंल्याउदैं यसको विरुद्धमा सबैलाई एक भएर संघर्षमा उत्रिन अनुरोध गर्नु भयो।

भेलाले जात व्यावस्था उन्मुलन मोर्चाको २१ सदस्यीय १नं.प्रदेश( बाग्मती उपत्यका सम्पर्क समिति गठन गरेको छ। संयोजक सीता बराईली, सदस्यहरु देवी विक,सीता विश्वकर्मा (सानु), मनोज वराईली ,उषा रसाइली, विनोद लाखे, राम कुमार नेपाली, शिखा सुन्दास, ध्रुव परियार, रेश्मा घिमिरे, मिना कार्की, चन्द्र मोते, नवीन विश्वकर्मा, सुन्दर नेपाली, रञ्जीता खात,रेणुका विक, नवीन नेपाल , बलभद्र तामाङ, र शंकर मोते रहनु भएको छ ।

त्यस्तै गरी १५ सदस्यीय गण्डकी प्रदेश (बाग्मती उपत्यका सम्पर्क समिति पनि गठन भएको छ । संयोजक रुपा सुनार , सदस्यहरु विश्वदीप बसेल , कृष्ण काफ्ले, जसिन्द्र श्रीपाली,सपना गन्धारी गुरुङ, मनधव छन्त्याल, सुरज विश्वकर्मा, बि.बि.थापा र सागर गन्धारी रहनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार