दावा एडभेन्चर गेयर प्रा.लिले यो वर्ष पनि ६० जना बालबालिक र बृद्धहरुलाई कपडा वितरण

सोनाम याङ्जी शेर्पा

काठमाण्डौँ, दावा एडभेन्चर गेयर प्रा.लिले यो वर्ष पनि ६० जना बालबालिक र बृद्धहरुलाई कपडा वितरण गरिएको छ । बुधबार कम्पनीको प्रबन्ध निर्देशक दावा टाशी शेर्पा र फुरल्हमु शेर्पाले पवित्र समाज सेवा नेपालमा रहेका ६० जना स–साना बालबलिका देखि बृद्धहरुलाई जाडो छेक्नका लागि न्यानो ज्यकेट वितरण गरिएको छ । सन् २०१४ अप्रिल १८ मा सगरामाथामा भएको हिमपहिरोमा परि घाईते शेर्पाले आफ्नो कम्पनीको लोगो अंकित ज्याकेट वितरण गरिएको हो । करिब ८० हजार ५ सय हाराहारीको कपडा वितरण गरिएको दावा गेयरका प्रबन्ध निर्देशक दावा टाशी शेर्पाले जानकारी दिनु भयो । गत वर्षमा व्यापार भएकोबाट केही प्ररतिशत सहयोग गरिएको भए पनि यस वर्ष नोबेल कोरोना भाइरसकम व्यापार नहुँदा बेच्नको लागि बनाएको ज्याकेट नै वितरण गरिएको पनि शेर्पाले जानकारी दिनुभयो ।

जाडोमा न्यानो कपडा वितरण गरी सबै भन्दा ठूलो पुण्य कमाएको भन्दै पवित्र समाज सेवाका अध्यक्ष दिक्षा चापागाईले यस्तै मनकारी शेर्पाहरुको जन्म धेरै भन्दा धेरै होस् भन्ने कामाना गर्नु भएको छ । उहाँले आफ्नो आत्मासन्तुष्टिको लागि यो समाजसेवामा लागेको र स्वार्गको अनुभव यही गरिएको बताउदै मनकारी भावना भएका सम्पूर्णलाई निरन्तर सहयोगको अपेक्षा समेत गरिएको छ ।

हिम पहिरोमा परेपछि आरोहणको पेशा छोडेर व्यावसाय सुरु गरेका छन् । शेर्पा माउण्टेन लिडर एसोसिएसनका महासचिव समेत हुन् । शेर्पाले पर्यटन क्षेत्रमा अबद्ध पेशाकमीहरुलाई प्रशिक्षण समेत दिदै आई रहेको छ ।

कम्पनीले सगरमाथा आरोही बिजय छिमिरेले सुरुवात गरेको क्लोथिङ् बै. मार्फत लहान र तराईका निम्न वर्गको व्यक्तिहरुलाई २ सय पिस टिसर्ट समेत सहयोग गरिएको थियो । आगामी दिनमा पनि कम्पनी मार्फत सक्दो सहयोग गर्ने पनि शेर्पाले जानकारी दिनु भयो । शेर्पाले व्यापार जति भयो त्यसको केही प्रतिशत समाजसेवामा लगाउने भएको हुनाले हाल सम्म दावा गेयर कम्पनीको कपडा किनेर सहयोग गर्ने सबै ग्राहकहरूलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार