संसद विघटनको प्रस्ताव राष्ट्रपतिले रोक्न मिल्दैन् : राजनीतिक सल्लाहकार

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले प्रधानमन्त्रीले गरेको संसद विघटनको प्रस्ताव रोक्न नमिल्ने बताउनु भएको छ । उहाँका अनुसार राष्ट्रपतिले प्रस्ताव रोक्न मिल्दैन, अदालतले के गर्छ यो अर्को विषय हो ।

उहाँले संविधानको धारा ७१ अनुसार संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार भएको बताउनु भयो । उहाँले कार्यकारी प्रधानमन्त्रीले ल्याएको प्रस्ताव संवैधानिक राष्ट्रपतिले रोक्न नमिल्ने बताउनु भएको हो । पार्टीको आन्तरिक विवादमा पराजयउन्मुख प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार