उडान पुर्व निरीक्षण पछि काँगेल डाँडा विमानस्थलमा रेखाङ्कन थालियो

  नेपालन्यूजसाईट समाचारदाता

स्वार्णीमा सुनुवार –
सोलुखुम्बु : कागेलडाँडा विमानस्थलमा पुनःउडान पुर्व इन्जिनियर सहितको टोलिले बुधबार निरीक्षण गरेको छ । नेपाल नागरिक उड्यान प्राधिकरणका इन्जिनियर प्रदेश सांसद उत्तम कुमार बस्नेत, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई सहितको टोलिले उक्त विमानस्थलको निरीक्षण गरेको हो ।

करिब ५ बर्ष देखि पुर्ण रुपमा बन्द रहेको विमानस्थलको निरीक्षण पछि बुधबार देखिनै मार्किङको काम सुरु भएको प्रदेश सांसद उत्तम कुमार बस्नेतले जानकारी दिनुभयो । २०५२ सालमा निर्माण सुरु भएको बिमानस्थलमा २०६२÷०६३ देखि उडान सेवा सुरु भएको थियो । तर २०७२ साल सम्म नेपाल एयरलाईन्स र तारा एयर एयरलाईन्सले पनि उडान भरेको भएपनि त्यस यता भने उडान सेवा पुर्णरुपमा बन्द भई बिमानस्थल गौचरणमा परिणत भएको थियो ।

उक्त विमानस्थललाई सञ्चालनको लागि जिल्लाका संघीय सांसद हेमकुमार राई (शुरवीर) प्रदेश सांसद उत्तम कुमार बस्नेत, नेकपा प्रदेश १ संसदीयदलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको बारम्बार ध्यानकर्षण गराउने काम गरेका थिए ।

यस्तै पर्यटन मन्त्री योगेश भट्टराईले कात्तिक २१ गते विमानस्थलको निरीक्षण गर्दै मंसिर दोस्रो साता उडान सेवा सुरु गर्ने गरि तयारी अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिबद्धता अनुसार नेपाल एयरलाईन्सको बिमानले उडान भर्ने सहमती भएपछि नेपाल नागरिक उड्यान प्राधिकरणका इन्जिनियरको टोलीले विमानस्थलको स्थलगत निरीक्षण गरेको गाउँपालिका अध्यक्ष असिम राईले सोलु एफ.एमलाइ बताउँनुभयो ।

गाउँपालिका अध्यक्ष राईको सक्रियतामा मंसिर तेस्रो हप्ता देखि नेपाल वायु सेवा निगमको विमानले उडान भर्ने गरि नागरिक उड्ययन प्राधिकरण संग सम्झौता समेत भएको छ । बिमानस्थलमा उडान सेवा सुचारु गराउन पहल गर्नुपर्ने भन्दै स्थानीयले बारम्बार माग गर्दै आएका थिए । हाल जिल्लामा रहेका चार वटा विमानस्थल मध्ये तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थल सञ्चालनमा छ भने स्याङ्बोचे बिमानस्थलमा हेलिकोप्टरले कहिलेकाही उडान भर्दै आएको छ । तर गाउँको बीचमा रहेको काँगेल डाँडामा भने पाँच बर्ष देखि यता कुनैपनि उडान भएको छ ।

नेपालको सबैभन्दा बढी विमानस्थल भएको जिल्लाको सूचीमा रहेको सोलुखुम्बुमा अहिले महाकुलुङ गाउँपालिकाको गुदेलमा पुनः अर्को विमानस्थल निर्माणको लागि डिपिआर निर्माणको काम भईरहेको बताईएको छ । सोलु एफ.एम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार