चिसोमा स्वस्थ रहने अचुक उपाय

  नेपालन्यूजसाईट समाचारदाता

अधिकांश मानिस चिसो मौसममा धेरै बिरामी हुने गर्दछन् ।

जसमा पनि बालबालिका, वृद्धवृद्धाका साथै रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुका लागि यो मौसम निकै जोखिमपूर्ण मानिन्छ।

जाडोयाममा रुघाखोकी, दम,जोर्नी दुखाइ, एलर्जी देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्नेजस्ता रोगले सजिलै आक्रमण गर्न सक्ने भएकाले यो समयमा मानिस आफै निकै नै सतर्कता अपनाउनुपर्ने सम्बन्धित विशेषज्ञहरु बताउछन् ।

चिकित्सकका अनुसार जाडोमा तातो खाना खाँदा शरिरलाई लाभदायीक हुने भएकाले तातो खाना मात्र नभई शरिरलाई भित्रैबाट गर्मी गराउने खालको खाना खानु बढी अझ लाभिदायिक मानिन्छ।

त्यसैले, जाडो मौसममा आफूलाई स्वस्थ राख्न यी उपायहरु अपनाउनुहोस् :

अदुवाको सेवन गर्नुहोस्ः

शरिरलाई गर्मी गराउने सबैभन्दा उत्तम उपाय नै अदुवा हो ।

जसले रुघाखोकीलगायत चिसोबाट लाग्ने अन्य रोगबाट बचाउन मद्दत गर्दछ, । अदुवा जुनसुकै तरिकाबाट सेवन गर्नाले चिसोबाट बच्न सकिन्छ। अदुवा पोलेर, चियामा राखेर र खानामा मसलाका रूपमा प्रयोग गरेर पनि खान सकिन्छ ।

 

घाम ताप्नुहोस् :

जाडो मौसममा सम्भव भएसम्म घाम ताप्न बाहिर निस्किनुहोस्। जाडोमा अल्छीपना बढी हुने हुँदा निद्रा कम लाग्ने भएकाले आठ घन्टा सुत्नुहोस्। तनाव घटाउन शारीरिक कसरत वा योग गर्नुहोस्।

नियमित व्यायाम गर्नुहोस् :

 

बिहान–बेलुका नियमित हिँड्नुहोस्। यसले शरिरमा रक्तसञ्चार बढ्छ। खाना खाँदा नियमित क्यालोरिनयुक्त खाना खानुहोस्। यदि हिँड्ने ठाउँ छैन भने एकै ठाउँमा उभिएर जगिङ गर्नुहोस्। यसले तपाईंको शरिर तात्छ र अल्छीपना हट्छ।

पर्याप्त फलफूल र तरकारी खानुहोस् :

जाडोमा प्रशस्त मात्रामा फलफूल र तरकारीको सुप प्रयोग गर्नुहोस्। यसले शरीर तातो बनाइराख्न महत्वपूर्ण भूमिका खेल्छ। गाँजर, सलगमजस्ता तरकारीलाई उसिनेर, रोस्ट गरेर वा सुप बनाएर पनि खान सकिन्छ।

कालो चिया पिउनुहोस् :

हरियो चियापत्तीको चिया र कालो चिया स्वास्थ्यको लागि निकै नै फाइदाजनक मानिन्छ। यसमा मरिच, अदुवा, दालचिनी प्रयोग गरी सेवन गर्नाले टाउको दुखेको, घाँटीको समस्या ठिक हुने चिकित्सकहरु बताउछन्।

रुघाको लागि भिटामिन सीले राम्रो फाइदा गर्छ। कागती चियाले भिटामिन सी पनि परिपूर्ति गर्छ।

बदाम खानुहोस् :

जाडो महिनामा नियमित बदाम खानाले हाम्रो शरिर न्यानो हुन्छ । यसले स्वासप्रस्वासमा हुने समस्याबाट पनि छुट्कारा दिन्छ ।

किनभने, यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाईने हुँदा मोटोपन घटाउन पनि मदत गर्नका साथै शरिर फिट राख्न पनि सहयोग गर्दछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार