जाडोयाममा कोभिड संक्रमणबाट कसरी बच्ने ?

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डौ : दिन–प्रतिदिन चिसो मौसम सुरु भईसकेको छ । चिसो मौसममा अझ बढी सक्रिय हुन्छ भन्ने मान्यता राखिएको कोरोना भाइरसले आम नेपालीको जनजीवन यत्तिबेला प्रभावित बनाईरहेको छ ।

त्यसैले, चिसो मौसममा कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने ? जसका लागि जान्नुहोस् यी उपायहरु….

१. सम्पर्क सिमित मात्रमा गर्नूहोस् :

अमेरिकी विशेषज्ञहरुका अनुसार, कोभिड–१९ को महामारी नसकिएको भन्दै सम्पर्क सिमित गराउनु नै यसबाट बच्ने उत्तम उपाय रहेको छ । कोरोना संक्रमित व्यक्तिलाई सकेसम्म अरुबाट अलग राख्नुपर्दछ।

सम्भव भएसम्म सुत्नेकोठा र शौचालय छुट्टै व्यवस्था गर्न सकिन्छ । घरमा बस्दा पनि परिवारको सदस्यसँग समेत ३ फिटको दुरी कायम राख्नुपर्दछ ।

२. जाँच गर्नुहोस् :

यदि, तपाईको घरमा कोही–कसैलाई कोरोना संक्रमण पुष्टि भएको छ भने आफुले पनि तत्कालै कोरोना परिक्षण गर्नू नै उपयुक्त कुरा हो ।

लस एन्जलसका मेडिकल निर्देशक डा. स्काट ब्रान्स्टेन बबताउनुहुन्छ, यदि परिक्षणको क्रममा नकरात्मक रिर्पार्ट आएको खण्डमा आफू सुरक्षित ठान्ने भन्दा पनि अझै पनि सम्भावित संक्रमितको रुपमा आफुलाई हेर्नुपर्न हुन्छ ।

३. हावा प्रवाहमा बाधा नपुर्याउनुहोस् : 

तपाईँ बस्ने घरको झ्याल ढोका सधैँ खुल्ला राख्नुहोस् । जसको अर्थ क्नै कोठाभित्र कसैले ल्याएको कोरोनाको सम्भावित संक्रमण सोही कोठाको अर्को मान्छेलाई नसरोस् भनेर पनि हो ।

४. मास्क लगाउने गर्नुहोस् :

मास्क संक्रमित व्यक्ति र संक्रमण नभएका व्यक्तिका लागि अनिवार्य छ । विश्व स्वास्थ्य संगठनले मास्कको मापदण्ड र त्यसको पहिरने तरिकाको बारेमा उल्लेख गरेको छ ।

जुन मापदण्ड अनुसार अनुशासित भएर मास्क लगाउने मात्रै हो भने धेरै हदसम्म कोरोना संक्रमणबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् । घरका सदस्यहरुले विशेषगरि संक्रमित व्यक्तिलाई अनिवार्य मास्क लगाउन प्रेरित गर्नुपर्दछ ।

मास्कले संक्रमित व्यक्तिको नाक र मुखबाट आउन सक्ने संक्रमणलाई रोक्न मदत गर्दछ ।

५. अनिवार्य हात धुनुहोस्, किटाणु मार्नुहोस् : 

कम्तीमा २० सेकेण्डसम्म साबुनपानीले मिचि–मिचि हात धुनु पनि कोरोना भाइरसबाट जोगिनु हो । विशेषगरि बिरामीले त अनिवार्य हात धुनैपर्छ। साबुनपानी सहजै उपलब्ध नहुने ठाउँमा कम्तीमा ६० प्रतिशत अल्कोहल युक्त ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुहोस् ।

६. स्वस्थ खानेकुरा खानुहोस् :

सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वस्थ अहार खानु र वजन घटाउनु हो । ताकि, तनाव र अनिश्चितता समयमा सहज महशुस होस् । उपयुक्त जीवनशैलीबाट पनि हामी कोरोना भाइरसलाई परास्त गर्न सक्छौं । स्वस्थ खानाले मानिसलाई गम्भिर बिरामी हुनबाट पनि बचाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार