आज विश्व टेलिभिजन दिवस: नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं :आज विश्व टेलिभिजन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्व टेलिभिजन दिवस मनाउने निर्णय गरेपछि विश्वभर दिवस मनाउन थालिएको हो ।

सन् १९३० को दशकमा प्रशारण शुरु भएको टेलिभिजन प्रविधि सशक्त सञ्चार माध्यमको रुपमा स्थपित भएको छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भएको थियो ।

नेपालमा हाल दुई दर्जनभन्दा बढी टेलिभिजन नियमित प्रशारणमा छन् । नेपालमा ४५ प्रतिशत जनताले टेलिभिजनमार्फत सूचना प्राप्त गर्ने गरेको विभिन्न अध्यायनले देखाएका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार