चिनियाँ रक्षामन्त्री वेई आगामी मंसिर १४ गते नेपाल आउने

काठमाडौं: चिनियाँ रक्षामन्त्री वेई फेङ्हे दुईदिने भ्रमणका लागि आगामी मंसिर १४ गते नेपाल आउने भएका छन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको नेपाल आउन लागेका हुन् ।

कोरोनाको विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका वेई सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन् । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुने बताइएको छ ।

चिनियाँ रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन् । चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन् ।

भारतीय विदेशसचिव हर्षबर्धन शृंगला परिचयात्मक सद्भावना भ्रमणका लागि मंसिर ११ गते काठमाडौं आउँदै छन् । उनी मंसिर १२ गते फर्कने छन । उनी फर्केको पर्सिपल्ट मंसिर १४ गते चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्ने नेपालको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार