कतारका राजकुमारले भने, सुन्दर देश नेपाल फेरी आउँछु

काठमाडौँ : अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्कन लागेका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्लालाई सम्मान गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ को महामारीबीच राजकुमार अब्दुल्लाले हिमाल आरोहण गरी नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको भन्दै ...

नेपालमा थप १ हजार ४४२ संक्रमण थपिए

काठमाडौँ  : नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण थपिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप १ हजार ४४२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जनाएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा २८ हजार ८ जना संक्रमित उपचाररत छन् । गत २४ घ...

दश दिनपछि बस्ने गरी नेकपा सचिवालयको बैठक सम्पन्न

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर १३ गते बस्ने गरी सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्न...

विश्व बैंक र अर्थमन्त्रालयबीच आर्थिक सम्झौता

काठमाडौं :नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकार बीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको ‘सहरी विकास र पूर्वाधार आयोजना’ र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायता सम्बन्धी दुईवटा सम्झौतामा विश्व बैंक र अर्थमन्त्रालयबीच बुधबार सम्झौता भएको हो ...

वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

काठमाडौं :विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ३१ औं दिन पछि जारी रहेको छ । कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीहरुले ३१ औं दिनमा आन्दोलन जारी राखेका हुन् । कोरोना भाइरस संक्...

सचिवालय बैठक बालुवाटारमा निर्धारित समयमै बस्छ: प्रवक्ता श्रेष्ठ

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक नरोकिने जानकारी दिनुभएको छ । दिउँसो एक बजे नै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि निर्धारित समय मै बालुवाटारमा बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनु भएको हो । प्रवक्ता श्रेष्ठले सामाजिक ...

छठ पर्व आजबाट विधिवत् रूपमा सुरु, घरआँगनमै व्रत विधि गर्न सरकारको आग्रह

  काठमाडौं : छठ पर्व आजबाट विधिवत् रूपमा सुरु भएको छ । आज नुहाएर खाने विधिबाट सुरु हुने छठ भोलि खरना विधि, पर्सि साँझको अर्घ र शनिबार बिहानको अर्घ दिएपछि सम्पन्न हुन्छ । विषेशगरि तराईमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी जिल्लामा समेत मनाउन थालिएको छ । छठ घाट निर्माण तथा सरसफाई कार्यमा स्थान...

सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं: विवादका बीच सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली पक्षले बैठक स्थगित गर्न आग्रह गरेको छ भने कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने अडानमा रहेको छ । गत शुक्रबारको सचिवालय बैठकले अर्को बैठक आजका लागि...

जाडो बढ्दै:जुम्लामा तापक्रम माइनस १.६ डिग्री

काठमाडौँ : दिनप्रतिदिन जाडो बढ्दै गएको छ । सबैभन्दा कम तापक्रम जुम्लामा देखिएको छ । मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार मंगलबार त्यहाँको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियसमा झरेको हो । यसपछि सबैभन्दा कम तापक्रम मुस्ताङको जोमसोममा देखिएको छ । त्यहाँ मंगलबार न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको महाशाखाले जनाएक...