फूर्किमा शेर्पाद्वारा अभिनित चिहाएर हेर्ने आँखा राम्रो सार्वजानिक

  सोनाम याङजी शेर्पा

काठमान्डौँ, शेर्पा समुदायको नव गायक पासाङ दोर्जी शेर्पाले गाएको चिहाएरर हेर्ने आँखा राम्रो सार्वजानिक भएको छ । आइताबार लाजिम्पाट स्थित होटल सम्पदा गार्डेनमा एक कार्यक्रम गरि सार्वजानिक गरिएको म्यूजिक भिडियो माई क्रेसन मिडिया युटुव च्यानलबाट सार्वजानिक गरिएको हो । थिर थापा मगरको शब्द रहेको गीतको संगीत पदम राजन मगरले गरिएको हो ।
शेर्पा संचार समुहको निर्वतामान अध्यक्ष समेत रहेको फूर्किमा शेर्पाले अभिनय गरेको भिडियोमा मिक्सङ मुस्कान मुकारुङले गरिएको हो । भिडियोको प्रमुख अभिनय फुर्किमा शेर्पा र पासाङ दोजी शेर्पाले गरेको छ भने आङ दावा शेर्पा, छिरिङ दावा शेर्पा, आङ छिरिङ शेर्पा, फूर्वा डोमा शेर्पा, ल्हाक्पा डोमा शेर्पाले सहयक अभिनयको भूमिका निर्वाह गरेका छन् ।
मिङमा शेर्पाले डाएरेक्सन रहेको भिडियोको कलर सम्पादनमा मिङमा शेर्पाले गरेका हुन् ।
आइताबार विशेष कार्यक्रम आयोजना गरि तिहारको शुभकामना सहित सार्वजानिक गरिएको म्यूजिक भिडियोको छाँयाकन सोलुखुम्बुको विभिन्न स्थानमा गरिएको छ ।

https://youtu.be/mHBfF8S_mKI

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार