तिहार नजिकिएसंगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

काठमाडौं : नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका नेवार समुदायलाई यतिखेर भ्याइनभ्याइ छ । विगतको जस्तो व्यापार नभए पनि भक्तपुरमा तिहारको रौनक भने देखिएको छ ।

हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । माटोका भाडालाई पुर्खेली पेशा बनाएको कुमाल प्रजापति समुदाय नँया सीप र माटोको अभाबका कारण समस्यामा त परेका नै छन । तर पनि माटोमा हातले कला कुँदेर भाँडाकुँडा, खुत्रुके र गमला आदि बनाउनु नेवार समुदायका प्रजापतिको पुर्ख्यौली पेशा नै हो ।

माग अनुसारको पाला भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, पोटीस्क्वायर थिमिको नगदेश, बोडेलगायतका क्षेत्रका प्रजापतिहरुले बनाउने गर्छन । कोरोना संक्रमणका कारण विगतमा जस्तो नभए पनि तिहार नजिकिँदै गएको र मागअनुसारको पाला, धपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याइनभ्याई नै भएको भक्तपुर नगरपालिका–१२ पोटरी स्क्वायरका राजेन्द्र प्रजापति बताउनु भयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार