गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उहाँले गरिबी अन्त्य र समृद्धि स्थापनामा सरकार लागिपरेको बताउनुभएको छ ।

आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरणमा सरकारले ध्यान केन्द्रित गरेको प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री ओलीले गरिबीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्न सार्थक उत्प्रेरणा मिल्ने विश्वास लिनुभएको छ । संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक वर्ष अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार