युरोपमा दोस्रो लहरमा कोरोना संक्रमण फैलियो

काठमाडौं: युरोपमा दोस्रो लहरमा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो दुई हप्ता युरोपमा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएपछि नियन्त्रणमा चुनौती थपिएकोछ ।

युरोपेली देशहरूले प्रतिबन्धका विभिन्न उपाय अवलम्बन गरेका छन् । यसैबीच, फ्रान्समा कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यु लगाइएको छ । संक्रमण बढ्दै गएपछि राति ९ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यु लगाइएको राष्ट्रपति इम्यानुएल म्याक्रोले बताएका छन् ।

एक टेलिभिजन अन्तरवार्ताका क्रममा राष्ट्रपति म्याक्रोले कर्फ्यु शनिबारदेखि लागू हुने र चार हप्तासम्म कायम रहने जानकारी दिएका छन् । फ्रान्सले देशमा स्वास्थ्य आपतकाल पनि घोषणा गरेको छ ।

नेदरल्याण्डमा आंशिक लकडाउन गरिएको छ । स्पेनको उत्तर पूर्वी क्याटलोनियामा बार र रेष्टुरेन्टहरू १५ दिनका लागि बन्द गरिएको छ । चेक गणराज्यमा पनि स्कूल र बार बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार