पाचवर्षपछि यस्तो देखियो रानीपोखरी (फोटोफिचर)

काठमाडौँः भुकम्पले क्षतिग्रत बनाएको रानीपोखरीको काम अन्तिम चरणमा पुगेको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको रानीपोखरीको काम ९० प्रतिशत सकिएसंगै अन्तिम चरणमा पुगेको रानीपोखरी पुर्ननिर्माण उपभोत्ता समितिले जनाएको छ । पाँच वर्षसम्म पानीविहीन भएको पोखरी अहिले हाल रानीपोखरीमा पानी भरिरहेको छ ।

रानीपोखरी भर्न ३ करोड २२ लाख लिटर पानी लागेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार कोरोना कहर नभएको भए पुनःर्निर्माणको काम वैशाखमा नै सकिने थियो। तर कोरोना संक्रमणका कारण पुनर्निर्माणको काम केही ढिला हुन पुग्यो। सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाबीच पनि स्वास्थ्य मापदण्ड लागू गरेर पुनर्निर्माणको काम भइरहेको छ।

हाल रानीपोखरी पानीले जलमग्न देखिएको छ भने पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको निर्माण समेत अन्तिम चरणमा पुगेको मानन्धरले बताए। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी अहिले सुन्दर र मनमोहक बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार