सुगा बने जापानको नयाँ प्रधानमन्त्री

काठमाडौँ : जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित छन् । जापानी संसद्मा बुधबार भएको चुनावमा ७१ वर्षीय सुगा नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् ।

सुगाले ४ सय ६५ सदस्य रहेको तल्लो सदनमा ३ सय १४ मत प्राप्त गरे भने २ सय ४५ सदस्य रहेको माथिल्लो सदनमा १ सय ४२ मत प्राप्त गरेको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

सुगाले बुधबार साँझ जापानका सम्राटसँग शपथ ग्रहण गरेपछि औपचारिक रुपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । कोरोना महामारीका कारण इतिहासमै सबैभन्दा बढी जर्जर अवस्थामा पुगेको जापानी अर्थतन्त्रलाई बलियो बनाउने चुनौती सुगासामू रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार