धरानमा सप्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौँ : सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुष रहेका छन् ।

२८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज ९बुधबार० बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता सापकोटाका अनुसार एक वर्षयता मिर्गौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या थियो ।

यसअघि मंगलबार दिउँसो धरान उपमहानगरपालिका–१७ का ७३ वर्षीय पुरुषको मृत्यु भएको थियो । सप्तरीका युवकसँगै प्रदेश–१ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५१ पुगेको छ । तीमध्ये १४ जना प्रदेश–२ र ३६ जना प्रदेश–१ का छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार