फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ  : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ९७ हजार ५०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।  यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १३२० रुपैयाँमा कारोबार भएकोमा मंगलबार बढेर १३४० रुपैयाँमा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार