मुख्य मन्त्रीलाई नेवि संघ सोलुखुम्बुको खुल्ला पत्र

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : नेपाल विद्यार्थी संघ सोलुखुम्बुमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । सल्लेरीको एक होटलमा आयोजीत कार्यक्रममा कोभिड १९ र प्रदेश सरकारको गतिविधिबारे छलफल भएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष अश्विन बाबु थापाले जानकारी दिनुभयो ।

संकरदेव क्याम्पस काठमान्डौका पुर्व स्ववीयू सभापति शुभराम बस्नेतको प्रमुख आतिथ्यता एवम् सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको बिशेष उपस्थितमा उक्त कार्यक्रम आयोजना गरिएको नेविसंघले जनाएको छ ।

नेपाल विद्यार्थी संघ सोलुखुम्बुका अध्यक्ष अश्विन थापाका अनुसार सोही अन्तरक्रिया पछि प्रदेश नम्बर १ को नाम सगरमाथा राख्न माग गर्दै मुख्यमन्त्रीलाई खुल्ला पत्र पठाएको छ । जिल्ला प्रसाशन कार्यालय सोलुखुम्बु मार्फत नेपाल विद्यार्थी संघले मुख्यमन्त्रीलाई उक्त पत्र पठाएको हो ।

स्थानिय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको ३ बर्ष पुरा हुँदा पनि प्रदेशको नामकरण गर्न नसकेको भन्दै नेपाल विद्यार्थी संघले प्रसाशन कार्यालय मार्फत मुख्यमन्त्रीलाई कलम समेत उपहार पठाएको छ । नेविसंघका जिल्ला अध्यक्ष अश्विन बाबु थापाद्धारा हस्ताक्षरित पत्रमा प्रदेश १ लाई विश्व सामु चिनाउन पनि विश्वकोे सानको रुपमा परिचित सगरमाथाको नामबाट नामंकन गर्नुको विकल्प नरहेको दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार