काठमाण्डौंको आम्दानी त्यागेर गाउँमै कृषि पेशामा रम्दै

  नेपालन्यूजसाईट समाचारदाता

रामधन राई –

खोटाङ :  काठमाण्डौंमा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएका खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका सुविन्द्र गिरी हाल कृषि व्यवसायमा रमाईरहनुभएको छ ।  चावहिलमा लामो समयदेखि टेलरिङ व्यवसाय सञ्चालन गर्नुभएका गिरीले हलेसी फर्किएर हाल ३२ लाख रुपैंयाँ लगानी गरेर दुध, मासु तथा तरकारीजन्य उत्पादनमा जुट्नुभएको हो ।

उहाँले हाल दूधजन्य परिकार उत्पादन गर्न गाई फार्म, मासुका लागि स्थानीय जातको कुखुरा र टर्की फार्म स्थापना गर्नुभएको छ । टेलरिङ व्यवसायबाट राम्रै कमाइ भईरहेको भए पनि आफ्नै गाउँमा कृषि पेशाबाट पनि केहि गर्न सकिन्छ भन्ने लागेर गाउँ फर्किएको उहाँको भनाई छ । कृषि फार्ममा शुरुको चरणमा काठमाडौँबाट जर्सी र होलिस्टीन जातको छ वटा गाई ल्याइएको थियो । गत वर्षबाट सञ्चालनमा ल्याइएको गाई फर्ममा अहिले दूध दिने माउ गाई र बाच्छाबाच्छीसहित ११ वटा गाई रहेका छन् ।

करीब ४० रोपनी जग्गामा शुरु गरिएको फार्ममा रहेको सात वटा लैँनो गाईले  दैनिक ४० देखि ४५ लिटर दूध दिने गरेको सुवीन्द्रले बताउनुभयो । फार्ममा  उत्पादित केहि दूध, दही र घ्यू हलेसी बजारमा खपत हुने गरेको  उहाँको भनाई छ । पछिल्लो समय कोरोना भाइरसको  कारण उत्पादित दूधलाई बजार अभाव भएको छ । फलफूल तथा तरकारी खेतीसमेत लगाइएको सुवीन्द्रको फार्ममा अहिले स्थानीय
जातका २ सय कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दोस्रो खोरमा ४ सय  कुखुरा हुर्किरहेका छन् भने, तेस्रो खोरमा २ सय चल्ला हुर्किरहेका छन् ।

आधिकारिक रुपमा ‘हलेसी कृषि तथा पशुपालन फार्म’ दर्ता शुरु फार्ममा पालिएका कुखुराबाट सबैभन्दा बढी आम्दानी हुने गरेको सुवीन्द्रको भनाइ छ । हााल स्थानीय जातका कुखुरा फार्मबाटै प्रति किलोग्राम भाले सात सय र पोथी ६ सय रुपैंयाँमा खोरवाटै बिक्री गर्ने गरिएको छ । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार