द्धन्द्धकालमा शहिद क.कुमार संगै बिताएको दिनहरु …….

  नेपाल न्यूज साईट

राजेन्द्र बस्नेत-

०५७ साल फागुनको समय थियो । क. आलोक (यान प्रसाद गौतम)को कार्वाही उश्चात कार्यक्षेत्र विहिन अवस्थामा थिए । एक दिन विहानै क. सन्तोषको साथमा एकजना पातलो र अग्लो कदको, जुँगा दारी चट्ट मिलेको ३५/३६ वर्ष उमेरको देखिने, पीठ्युमा झोला भिरेको मान्छे स्वयम्भु स्थित मेरो कोठामा देखापर्यो ।

हामीले हात मिलायौ । उहाले मेरो हातलाई दुवै हातले दह्रोसँग पकड्नु भयो । हामी युद्धकालिन समयमा निकै नै प्रेमपुर्ण तरिकाले दह्रासँग हात मिलाउथ्यौं । मेरो नाम जीवन थियो । मेरो बारेमा सबैकुरा उहाँलाई पहिला नै थाहा रहेछ । यहि मितिबाट हाम्रो सहयात्रा शुरुभयो ।
यो नै हाम्रो पहिलो भेट भने होइन ।

२०५५ सालमा भुरुङ्खेल स्थित एउटा सानो कोठामा सिन्धुलीका नेताहरु क. शेरमान कुँवर, क. वलराम तिमल्सिना, क. मोहनचन्द्र गौतम लगायत ५÷६ जना कमरेडहरुसँग भेट भएको रहेछ । पूर्वाञ्चल इनचार्ज क. आलोसँग छलफल थियो । केहि समय म पनि त्यो छलफलमा सहभागी बनेको थिए । त्यसबेला डा. बाबुराम भट्टराईका विषयमा हुनुपर्छ सायद, वुर्जुवाहरुबाट क्रान्तिलाई धोका हुदैछ ।

पार्टीले कार्यवाही गरेर क्रान्तिलाई अघि बढाउँछ । त्यस अवस्थामा पार्टी फुटन पनि सक्छ भनेको कुरा राम्रोसँग याद छ । पार्टी एकता हुँदाका बखत सिन्धुली जिल्लाको प्रमुख हिस्सा सितलकुमार÷बाबुरामको मसालबाट एकता भएको हुनाले यस विषयमा कुरा भएको हुनुपर्दछ ।
क. कुमार पूर्वाञ्चल क्षेत्रीय व्यूरो अन्तरगत ४ न. जिल्ला कमिटी (सोलु, ओखलढुंगा र खोटाङ) को जिल्ला सेक्रेटरीको जिम्मा लिएर आउनु भएको थियो । हामीले लामो छलफल ग¥यौ । खाना सँगै खायौ । हामी प्राय साथिहरु भेटहुँदा रागाको मासु खान्थ्यौ किनकी खसी, कुखुराको भन्दा रागाको मासु सस्तो थियो । तर उहा कुनैपनि मासु मनपराउनु हुदो रहेनछ । हामीले त्यसदिन मासु पकाएनौ ।

उहाँले मलाई पार्टीको सर्कुलर दिदै भन्नुभयो अब नयाँ जिम्मेवारी थपिएको छ । हामी ४ नं. जिल्लाको संगठनमा काम गर्दैछौ । मेरो निम्ति नितान्त नयाँ भुगोल भएकोले पूर्ण सहयोगको अपेक्षा राखेको छु । मैले पनि पूर्ण प्रतिवद्ध भएर काम गर्ने विश्वास दिलाए । ममा एक किसिमको उत्तेजना पैदा भएको थियो । म शहरी क्षेत्रको काममा अभ्यस्त थिए । गाउँको जनजीवनसँग कसरी काम गर्ने भन्ने कतिपनि अनुभवजन्य ज्ञान थिएन । हामी केहि दिनमा नै शहर छोडेर गाउँले शहर घेर्ने रणनीतिमा आधारित युद्ध मोर्चामा जादै थियौ ।

मलाइ त्यसवेला चम्किलो रातो तारा कथाको याद आइरहन्थ्यो । हामी साँच्चै देशका निम्ति रगत बगाउन जादैछौ । कुनैपनि हालतमा गद्दार भएर फर्कने छैनौ बरु उच्च वलिदान गर्नेछौ भन्ने भित्रैदेखी उद्देलित थियौ ।

क. कुमारको नेतृत्वमा ४ नं. जिल्ला कमिटी १५ जनाको बनाएको रहेछ । हामी ४ नं. जिल्ला अन्तरगत कर्मक्षेत्र बनाएर जाने करिव ४० जना थियौ । यहाँ नाम उल्लेख गर्नु उपयुक्त नै हुन्छ । सेक्रेटरी क. कुमार, सदस्यहरु क. विज्ञान, क. प्रभात, क. जीवन, क. अर्जुन, क. कुसुम, क. जीवन (हाल राजेन्द्र म आफै) क. किशोर, क. हेमन्त, क. हेनरी, क. अनिल क. सुमिता, क. विनिता, क.हिरण्य, क. प्रतिष्ठा हुनुहुन्थ्यो । यसैगरी अन्य कमरेडहरु क. ज्योती, क. संगम, क.पुष्प, क. घनिष्ट, क. मुकेश क. अनिता, क. सिता, क. समिक्षा, क. वीर बहादुर, क. मीनकुमार, क. नम्रता, क. ज्ञानु, क. कविता, क. किसान, क. रस्मिता, क. अग्रीम, क. विजय (हाल श्याम क्षेत्री) क.कुशल, क. प्रलय, क. धीरज लगायत हुनुहुन्थ्यो । उहाँहरु मध्ये सो जिल्ला कमिटीबाट ५ जना र अरुबाट ३ जनाले उच्च शहादत प्राप्त गर्नु भएको छ ।

२०५६ साल चैत्र ६ गते दोलखाको शैलुङमा प्रशिक्षण कार्यक्रममा सहभागिता लागि हामी शैलुङ पुग्यौ । हामी सबैको एउटा झेला, एकजोर फेर्ने कपडा, एकजोर चप्पल, दाह्री काट्ने सामान र एउटा डायरी थियो । सबैभन्दा ठूलो हामीसँग मुक्तीको सपना थियो । त्यो मुक्तिको सपना पुरा गर्ने उच्च वलिदानि भाव थियो । नेताहरु लस्करै मञ्चमा थिए । क. किरण, क. कन्चन, क. प्रतिक, क. सन्तोष, क. रित बहादुर, क. विशाल, क. कुमार, क. नपरवाना लगायतका कमरेडहरु हुनुहुन्थ्यो । मैले पहिलो पटक यति ठूलो र वृहद कार्यक्रममा भाग लिएको थिए ।

“माक्र्सवाद संसारलाई बुझ्ने र वदल्ने दर्शन हो” “सेना नभएको जनतासँग आफ्नो भन्ने केहि हुदैन” “दर्शनका प्रकारहरु भौतिकवाद र आदर्शवाद” ‘सत्ता बन्दुकको नालबाट जन्मन्छ’ “जनता र पार्टीको सम्बन्ध माछा र पानीको जस्तो हुनुपर्दछ” “जनताबाट लेउ र जनतालाई नै देउ” आदि जस्ता दार्शनिक र सैद्धान्तिक गहिरो ज्ञान त्यहि प्रशिक्षणबाट प्राप्त गरे । त्यस प्रशिक्षणबाट एक किसिमको उर्जा प्राप्त भयो । प्रशिक्षण सकेर हाम्रो जिल्लाको छोटो मिटिङ पनि सम्पन्न भयो ।

हामी कार्यक्षेत्रमा रमाना भयौ । हाम्रो रातका यात्रा शुरु भयो । राती हिड्न बानी नपरेको हुनाले मलाइ निकै नै कठीन भयो । अधेरी रात, कुनै किसिमको उज्यालो बाल्न पाइदैन थियो । अगाडिको साथिको सारमा हिड्नु पर्दथ्यो । हामी ४/५ रातको यात्रा पछि गोली पुग्यौ । आफ्नै घरमा बास बस्न पाउँदा निकै नै खुशी लाग्यो । घरमा आमा बुवासँग क. कुमारले नै कुराकानी गर्नुभयो । उहाँको जनशैलीले बुवाआमा पनि कन्भिन्स हुनुभयो । क. कुमारले हामीलाइ बाटोमा बास बसेको सेल्टरमा जनतासंगै राखेर कुराकानी गर्नुहुन्थ्यो । हामीले संगै क्रान्तिका गीत गाउन, नाच्न, कुरा गर्न निपुण हुदै गयौं ।

क. कुमारमा जति व्यक्तिगत गुणहरु थिए सायद एउटै व्यक्तिमा ती गुणहरु पाउन कठीन नै हुन्छ । जनशैली, पारदर्शिता, मितव्ययीता, त्याग, विनम्रता, लगनशीलता खुल्लापन उहाँको जीवनका महत्वपूर्ण हिस्सा थियो । करिव ६ बर्ष सहकार्य गर्दा कहिल्यै कुनैपनि क्षण निराशा र रिष देख्न पाइएन । युद्धको अवस्थामा कुनैपनि वेला तत्काल निर्णय गर्नुपर्ने हुन्थ्यो त्यसबेलामा भने उहाँलाई सहयोग गर्नु पर्ने हुन्थ्यो । उहाँले २०५६ देखि २०६१ सालसम्म लगभग ६ वर्ष उहाँले सोलु ओखलढुंगा र खोटाङको अविरल नेतृत्व प्रदान गर्नुभयो ।

पार्टीको वैठकबाट कार्यक्षेत्र फर्कने क्रममा सिराहा जिल्लाको धन्सवारमा २०६१ साल भदौ २० गते तत्कालिन शाही सेनाले क. कुमार र क. विशालको निर्ममता पूर्वक हत्या गर्यो । क. विशाल कुशल सैन्य कमाण्डर र राजनीतिज्ञ हुनुहुन्थ्यो । क कुमार कुशल संगठक, विचारक र आदर्शवान व्यक्तित्व हुनुहुन्थ्यो । उहाँहरु दुवैजना सिन्धुली जिल्लाको हुनुहुन्थ्यो ।

बुवा डिल्ली प्रसाद गौतम –हाल ७६ वर्ष) आमा इन्दिरा गौतम –हाल ७२ वर्ष) का ५ जना दाजुभाई र एक बहिनी मध्ये माइलो सन्तानको रुपमा २०२१ सालमा सिन्धुली जिल्ला अमले गा.वि.स. वडा नं. ३ मा जन्मनु भएको थियो । उहाँले कमलामाइ हाइ स्कुलबाट क्ीऋ र जनकपुर क्याम्पसबाट विएड सम्मको अध्ययन पुरा गर्नुभएको थियो । उहाँकी जीवन संगीनी कृष्णमाया गौतम –क. सुशिला) हाल वर्दिवास नगरपालिकाको उपमेयर हुनुहुन्छ । उहाँका २ छोराहरु भिम कुमार गौतम र योगेन्द्र गौतम १ छोरी कोपिला गौतम हुनुहुन्छ । क. कुमार र क. सुशीला पार्टीको पूर्णकालि बनेपछि छोराछोरी जनताकै घरमा बसेर आफ्नो अध्ययन अगाडि बढाए ।

क. कुमारलाइ अहिले पनि सोलु, ओखलढुंगा खोटाङका जनताले संझिरहन्छन । उहाँकै नेतृत्वमा त्यस क्षेत्रको संगठन विस्तार र सुदृढ भएको हो । क. कुमार युद्धमा शहादत भएपनि त्यस क्षेत्रका जनता र कार्यकर्ताको मनमष्कि र हृदयमा सदा सदा बाचिरहनु भएको छ र बाँचिरहनु हुनेछ । उहाकै नेतृत्वमा संगठन निर्माण भएपश्चात २०५७ सालमा जुनवेसी चौकी कव्जा भयो ।

२०५८ साल जेठ ५ गते ओखलढुंगाको खानीभञ्ज्याङ २०५८ मंसिर १० गते सल्लेरी सदरमुकामको फौजी कार्वाहिको सफल व्यवस्थापकिय काम सम्पन्न भएको थियो । क. कुमारको योगदानलाई स्मरण गरेर पूर्ण रुपमा उतार्न निकै नै कठीन र अधुरो हुनेछ । उहाँको नेतृत्वमा संगठनको जगमात्र बलियो भएन सयौ होलटाइमर कार्यकर्ताको पनि विकास भयो । उकाकै नेतृत्वमा विकास भएका सयौं कार्यकर्ता मध्ये तीनवटै जिल्लामा गरेर झण्डै २३३ नेता कार्यकर्ताले उच्च शहादत प्राप्त गर्नुभयो ।

सत्ता प्राप्त गर्नभन्दा सत्ता संचालन गर्न सयौ गुणा कठीन हुन्छ भन्ने लेनिनको भनाइलाई मान्ने हो भने त्यो कठीनताको परिक्षामा पास भयौ त ? भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । युद्धमा उच्च शहादत गर्नेहरु त महान भइनै सक्नुभएको छ । गल्ती र कमजोरी त बाँचेकैहरुबाट हुन्छ । खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा ब्याख्या गरिएको संसदीय व्यवस्थाका सारथी ती महान शहीदका सहयात्रीहरु नै बन्न पुगेको अवस्था त होइन ? हामी आपैmले आफैलाई प्रश्न गर्ने वेला भएको छ कि हामी यो संसदीय व्यवस्थालाई विघटन गरेर समाजवादी व्यवस्था ल्याउने संघर्षमा छौ कि संसदीय भाषतिर जाकिदै छौ ? नेपालमा जनयुद्ध क्रान्तिको एउटा माध्याम थियो ।

नेकपा (माओवादी) नेतृत्वले जनयुद्धलाई क्रान्तिको माध्याम बनायो । परिस्थितिको विकास र वदलाव सँगै संविधानसभा मार्पmत संविधान जारी गर्ने अवस्थासम्म ल्याइपु¥यायो । राजा सहितको संसदीय प्रणालीको ठाउँमा संघीय लोकतान्त्रीक गणतन्त्रको संविधान त निर्माण ग¥यो तर संसदीय प्रणालीलाई फेर्न सकेन । संसदीय प्रणालीलाई नफेरी समाजवादमा जाने बाटो खुल्दैन ।

हामी बाटो हराएका यात्री तपाईहरुका सपना पुरा गर्न नसके पनि आगामी पुस्ताले आफ्नो आवश्यकताको राज्य व्यवस्था निर्माण गर्न तपाईहरुको वलिदान प्रेरणा प्रदानको शिक्षा हुन्छ । संघर्षको आँधिमय यात्रामा सून्दर समाज निर्माण खातिर शहादत प्राप्त गर्नुहुने महान शहीदहरु मोहनचन्द्र गौतम (क. कुमार), शेरमान कुँवर (क. विशाल) दिलकाजी कार्की (क. अर्जुन) प्रल्हाद गौतम –क. जीवन) भरत राउत –क. कुसुम) प्रति हार्दिक श्रद्धाञ्जली । महान शहीदहरु अमर रहुन ।

लेखक राजेन्द्र बस्नेत नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार