काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साता थपियो

काठमाडौँ : काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । स्रोतका अनुसार उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। यद्यपि प्रशासनले भने यसबारे केही बताएको छैन् ।

उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो। त्यही अनुसार गएराति अबेरसम्म बसेको बैठकले उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार