तिङ्ला घटनामा हाम्रो नाम जोडर अफवाह फैलाउने काम नगर्नु : युवा संघ नेपाल

  नेपाल न्युजसाइट

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका ११ रमितेमा प्रहरीमाथि हातपात भएको भनिएको घटनामा संघको नाम जोडिएर आएको भन्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सोलुखुम्बुले गम्भिर ध्यानर्कषण भएको जनाएको छ । रमितेमा नेकपा समर्थीत युथ फोर्सको कार्यक्रम भएकाले त्यहाँ पुगेका नेताहरुको निर्देशनमा प्रहरी लगाई विपक्षी युवाहरुलाई फसाएको भन्ने भ्रामक समाचार सम्प्रेषण भएको भन्दै विज्ञप्ती मार्फत ध्यानर्कषण भएको जनाएको हो ।

संघका जिल्ला सह–सचिव योगेश श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत उक्त दिन नेकपा तथा राष्ट्रिय युवा संघको कुनैपनि औपचारीक कार्यक्रम नभएको दावी गरिएको छ । घटनासँग सम्बन्धित दोषीहरु उपर सत्यतथ्य अनुसन्धान गरी कारबाहीको समेत माग गरिएको छ ।
यस विषम परिस्थितीमा समेत जनताको सुरक्षामा अहोरात्र खट्नुहुने सुरक्षाकर्मीहरुलाई धन्यवाद समेत ज्ञापन गरिएको छ । प्रहरी माथीको हातपातमा संलग्न आएको आरोपमा ६ जना युवाहरुलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

संबन्धित समाचार :

प्रहरीमाथि हातपात गर्नेलाई रिहा गर्न काग्रेसको माग

सोलुखुम्बुको तिङ्लामा प्रहरी टोली माथी हातपात

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार