काठमाडौं : काठमाडौ उपत्यकामा भदौको ४ गते बाट जारी गरिएको एक हप्ते निषेधाज्ञाको समय आज मध्यरातिबाट सकिँदैछ । उपत्यकाका तीन वटै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र डिसीसीएमसी र उपत्यकाका नगरप्रमुखको बैठकले निषेधाज्ञा थप एक हप्ता लम्ब्याउन सिफारिस गरेका छन् ।
सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले अनुमोदन गरिसकेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयले आज निर्णय हुने भएको छ ।
काठमाडौं, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाबारे निर्णय लिनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण काठमाडौ उपत्यकामा पनि दिनप्रतिदिन बढ्दै गएपछि सरकारले एक हप्ताको लागी भन्दै भदौको ४ गतेको मध्यरातीबाट निषेधाज्ञा जारी गरेको थियो ।