उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीन सीडीओको बैठक बस्दै

काठमाडौँ : कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न काठमाडौँ उपत्यकामा जारीे निषेधाज्ञाको अवधि थप गर्ने तयारी भएको छ । निषेज्ञाको समीक्षासहित आवश्यक निर्णय लिन उपत्यका प्रशासनको संयुक्त बैठक आज बस्दैछ । यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातबाट सकिँदै छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्न लागेको हो । बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्ने बताइएको छ ।

त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० र उपत्यकाभित्रका स्थानीय तहसँग पनि यसबारे संयुक्त रूपमा छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि बुधबार राति सकिँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार